मंसिर ११, २०७९ आइतबार

काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले पाँचौँ सामाजिक सुरक्षा दिवस मनाएको छ ।


सो अवसरमा एमालेका उपमहासचिव विष्णु रिमालले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने स्पष्ट पारेका छन् । सो कुरा पार्टीले चुनावमा सार्वजनिक गरेको घोषणापत्रमा पनि लेखेको उनको भनाइ थियो ।

सरकार बनाउन नसके र प्रतिपक्षको भूमिकामा बसेपनि श्रमिकको पारिश्रमिक २५ हजार पुर्‍याउन एमालेले आन्दोलन गर्ने उनको भनाइ थियो ।