बैशाख १२, २०७८ आइतबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्याममाथि कठिन जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ ।

शनिबार राति वेस्ट ह्यामको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सीका लागि खेलको ४३ औं मिनेटमा टिमो वेर्नरले गोल गरे । उक्त गोल नै चेल्सीको जितमा प्रयाप्त बन्यो । 

त्यस्तो यता फरवार्ड टिमोले जारी सिजन क्लब र देशका लागि खेल्दा पछिल्ला १४ खेलमा उनले कुनै गोल गर्न सकेका थिएनन् । जुन गोल १५ खेलमा आएर खडेरी तोडे,

उक्त जितसँगै चेल्सीले जारी सिजन कुल ३३ खेलबाट ५८ अंक बनाउँदै चौथो स्थानमा उक्लिएको छ । यता पराजित वेस्ट ह्यामको भने समान खेलबाट ५५ अंकसहित पाँचौं स्थानमा रहेको छ ।