मंसिर १२, २०७९ सोमबार

काठमाडौं । आज बिहान देशका उच्च पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । साथै अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


सोमबार दिउँसो भने प्रदेश(१, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

सोमबार राति भने प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भूभागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।