बैशाख १२, २०७८ आइतबार

एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पाहुना टोली डर्टमण्डले घरेलु टोली वुल्फ्स्बर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पाहुना टोली डर्टमण्डलाई जितको दितमा अर्लिङ हालाण्डले २ गोल गरे । जारी खेलको १२ औं मिनेटमा हालाण्डले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० गोलको अग्रता बनाएको डर्टमण्ड दोस्रो हाफको ५९ औं मिनेटमा जुड बेलिङ्गघमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि डर्टमण्ड १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको ६८ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई २-० को जित दिलाए ।

उक्त जितसँगै डर्टमण्डले ३१ खेलमा ५५ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ ।यता पराजित वुल्फ्स्बर्ग ५७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।