मंसिर १२, २०७९ सोमबार

कृषि तथा पशुपालन क्षेत्रमा नेपाली कामदार लैजानका लागि कोरियन भाषा परिक्षाको लागि आवेदन फाराम खुल्ने भएको छ ।

नेपाल सरकार वैदेशिक रोजगार विभाग अन्तरगतको इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले मंगलबार एक सूचना प्रकाशित गरी पुस ४ गतेदेखि ८ गतेसम्म आवेदन खुल्ने जनाएको छ । शाखाको अनुसार पहिलो चरणमा २०७९ फाल्गुन ३ गतेदेखि ५ गतेसम्म र दोस्रो चरणमा चैत्र १ गतेदेखि ३ गतेसम्म परिक्षा संचालन हुनेछ ।

आवेदनकहरुले अनलाईन प्रणालीबाट आवेदन दिन पर्ने छ भने । यो पटक सञ्चालन हुने परिक्षाबाट ६००० व्यक्तिलाई उत्तिर्ण गराउने शाखाले जनाएको छ । 

शाखाले प्रकाशन गरेको सूचनाः

63840749bc722.jpg