मंसिर १२, २०७९ सोमबार

चिनियाँ प्रहरीले बीबीसीका पत्रकारलाई पक्राउ गरेको छ । बीबीसीले आफ्ना पत्रकारलाई यसरी पक्राउ गरेकोमा कडा शब्दमा निन्दा गरेको छ । उनी चीनको सांघाईमा जीरो कोभिड नीतिको विरोधमा भएको प्रदर्शनको रिपोर्टिङ गरिरहेका थिए ।


बीबीसीले पत्रकारलाई चिनियाँ अधिकारीहरूले गरेको दुर्व्यवहारप्रति पनि चिन्ता व्यक्त गरेको छ। पत्रकारलाई सांघाईमा भएको विरोध प्रदर्शनको रिपोर्टिङ गर्दा प्रशासनले पक्राउ गरेको थियो। उनलाई हतकडी लगाएर कुटपिट गरिएको थियो ।

बीबीसीका अनुसार पत्रकारलाई प्रहरीले केही घण्टासम्म हिरासतमा राखेको थियो र त्यसपछि रिहा गरेको थियो।