मंसिर १२, २०७९ सोमबार

मोरक्कोसँग बेल्जियम पराजित भएपछि आइतबार बेल्जियमको राजधानी ब्रसेल्सका विभिन्न ठाउँमा दंगा भएको छ । फुटबल फ्यानहरूले कारमा आगो लगाएका छन् ।


स्थानीय प्रहरीले दंगा नियन्त्रण प्रहरीसँग झडप गर्ने दर्जनौं व्यक्तिलाई हिरासतमा लिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। ब्रसेल्सका धेरै ठाउँमा दंगा देखियो, जसमा प्रहरीले उनीहरूलाई शान्त पार्न निकै कठिनाइको सामना गर्नुपरेको थियो।