एमसीसीअन्तर्गत बन्ने प्रसारणलाइनको ठेक्का आह्वान गरिएको छ । एमसीए–नेपालले प्रसारणलाइनको ठेक्का आह्वान गरेको हो ।
नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्टदेखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनुसार टेन्डर भएको हो । करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारणलाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेसन निर्माण गर्न टेन्डर भएको हो ।
एमसीए नेपालका प्रवक्ता राजीव दाहालका अनुसार लप्सीफेदी–रातमाटे–हेटौंडा ११७ किलोमिटर, रातमाटे–न्यू दमौली ९० किलोटिमर र न्यू दमौली–न्यू बुटवल ९० किलोमिटरको खण्डको ठेक्का भएको छ । दाहालका अनुसार न्यू दमौली–न्यू बुटवल ९० किलोमिटर खण्ड बनाउनेले न्यू बुटवलदेखि भारतीय सीमासम्म बनाउने गरी ‘अप्सन’मा राखिएको छ ।