मंसिर १२, २०७९ सोमबार

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । केन्द्रीय बैंकले ब्याजदर बढ्न नदिने गरी तरलता व्यवस्थापनमा भूमिका खेल्ने जनाए पनि बजारले भने केन्द्रीय बैंकको आश्वासन नपत्याएको सोमबारको बजारले देखाएको छ ।

सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा अडिएको छ । यस दिन करिब साढे १ अर्बको सेयर कारोबार भएको छ । यस दिन हिमालयन डिस्टिलरीको सेयर कारोबार सबैभन्दा बढी भएको छ । सोमबार खप्तड लघुवित्त वित्तीय संस्था, गरिमा डिबेन्चर २०८५ र नेपाल ल्यूव आयलको सेयरले सबैभन्दा बढी कमाएको छ ।

सेयर बजारको गिरावटमा बैकिङ क्षेत्रको तरलता अभाव र ब्याजदर वृद्धिलाई कारण देखाए पनि केन्द्रीय बैंकले नै तरलता सहज गरी ब्याजदर बढ्न नदिने भने पनि सेयर बजार भने बढ्न सकेन । बैंकिङ प्रणालीमा अपेक्षित निक्षेप आउन सकेको छैन ।