मंसिर १३, २०७९ मंगलबार

यही वर्षको १ मेदेखि विदेश सचिवका रूपमा कार्यरत भारतीय विदेश सचिव विनय मोहन क्वात्राको कार्यकाल १६ महिना थप गरिएको छ ।  उनको कार्यकाल अब ३० अप्रिल २०२४ सम्म हुनेछ । उनी यही ३१ डिसेम्बरमा सेवानिवृत्त हुँदै थिए ।


भारतीय मन्त्रिपरिषद्को नियुक्ति समितिले विदेश सचिवका रूपमा क्वात्राको कार्यकाल बढाउने निर्णय गरेको हो । क्वात्रा भारतीय छिमेकी मुलुकका साथै अमेरिका, चीन र युरोपेली मुलुकहरूको कूटनीतिमा जानकार मानिन्छन् ।