मंसिर १३, २०७९ मंगलबार

नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

बैंककाे हिजाे मंसिर १२ गते साेमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।


उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

6385914eb38e6.JPG