वि.सं २०८० को पात्रो प्रकाशनका लागि छलफल सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा वि.सं २०८० का लागि पात्रो प्रकाशन गर्न स्वीकृतिका लागि १७ वटा निवेदन परेको छ । वि.सं.२०८० को पञ्चाङ्ग प्रकाशन गर्न निवेदन दिन गत साउन महिनामा सूचना प्रकाशन गरी समितिले एक महिनाको समय दिएको थियो।
समितिमा हाल पर्याप्त मात्रामा जनशक्तिको व्यवस्था नहुँदा गठन आदेशमा दिएका जिम्मेवारी पूरा गर्न समस्या भएको छ। गठन आदेशमा समितिलाई पात्रो र भित्तेपात्रो प्रकाशनको स्वीकृति दिने जिम्मेवारी दिइएको छ। सरकारले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो।