बैशाख १२, २०७८ आइतबार

एजेन्सी : चौधौं संस्करणको ईन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नाई सुपर किगंले पाँचौ जित निकालेको छ ।

आइतबार भएको खेलमा महेन्द्र सिहं धोनीको कप्तानीमा रहेको चेन्नाईले विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जस बेंगलोरलाई ६९ रनले हराउँदै चेन्नाई शीर्ष स्थानमा उक्लिएको छ ।

चेन्नाईले दिएको १९२ रनको लक्ष्य पाएको बेंगलोर निर्धारित २० ओभरमा ९ विकेट घुमाउँदै मात्र १२२ रनमा समेटियो र चेन्नाईले ६९ रनको शानदार जित निकाल्यो ।

बेंगलोरका ओपनर देवदत्त पाडिक्कलले १५ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर विराट कोहलीले ब्यक्तिगत ८ रन बनाए उनि युवा अलरउन्डर साम करनको बलमा महेन्द्रसिंह धोनीबाट क्याच भएका थिए ।

 

त्यस्तै वासिन्टन सुन्दर ७, ग्लेन म्याक्सवेल २२ र एवि डिभिलियर्स ४ रनमा आउट भए । काइल जामिसनले १६, मोहम्मद शिराजले १२ र युजभेन्द्र चहलले ८ रन जोडे ।

यता चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । साम करन र शार्दूल ठाकुरको नाममा १/१ विकेट रह्यो ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले अलराउन्डर रविन्द्र जडेजा ६२ रनको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो ।