काठमाडौं । रोमानियाको बुखारेष्टमा आयोजना भइरहेको शिखर सम्मेलनमा बोल्दै उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महसचिव जेन्स स्टोल्टेनवर्गले रुसले युक्रेनमा सुरु भएको चिसो मौसमलाई हतियारको रुपमा प्रयोग गर्न खोजेको भन्दै थप हतियार र पूर्वाधार पुनर्निर्माणका लागि सहयोग गर्ने बाचा गरेका छन् ।
युक्रेनले लगातार रुपमा नेटोसँग थप वायु रक्षा प्रणालीमो माग गर्दै आएको थियो । नेटोको यस घोषणाले युक्रेन र युक्रेनी जनतालाई थप राहत मिलेको छ । रुस युद्धकाबीच युक्रेनका ६० लाख जनता बिजुलीबिहीन अवस्थामा अध्यारोमा जिउन बाध्य भएका छन् । चिसो मौसम सुरु भएसँगै बिजुली आपूर्ती समेत बन्द हुँदा बालबालिका र वृद्धवृद्धा थप मारमा परेका छन् ।
राजधानी कीभ लगाएत आसपासका शहरहरुमा रुसी आक्रमणका कारण ध्वस्त भएको उर्जा पूर्वाधारहरु भताभुङ भएका कारण युक्रेन सरकार आम सर्वसाधारणलाई बिजुली र पानी दिन असमर्थ भएको छ ।