एजेन्सी : इटालियन सिरी ए फुटबल साविको विजेता युभेन्टस बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा पहुना टोलि युभेन्टस युभेन्टस फियोरेन्टिनासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
त्यस्तै १-१ गोलको बराबरीसँगै युभेन्टसलाई उपाधि होडमा धक्का लागेको छ । उपाधि दाबेदार मानिएको युभेन्टस लिगको तेस्रो स्थानमा छ ।
फियोरेन्टिनाको घरेलु मैदानमा भएको खेलको २९ औं खेलमा पेनाल्टी मार्फत गोल गर्दै घरेलु टोलीले अग्रता लिएको थियो । पहिलो हाफ १–० ले पछि परेको युभेन्टसले दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै बराबरी गरेको थियो ।
युभेन्टसका लागि अल्भारो मोराटाले गोल गरे । त्यसपछि बाँकी समय गप गोल नहुँदा युभेन्टस बराबरीमा रोकिएको हो ।
उक्त बराबरीसँगै युभेन्टसले ३३ खेलबाट ६६ अङ्क जोडेको छ । युभेन्टस तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको इन्टर मिलानले ३३ खेलबाट ६९ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको मिलानले ३२ खेलबाट ६६ अङ्क जोडेको छ ।