मंसिर १४, २०७९ बुधबार

काठमाडौँ: काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा अवैधरूपमा अतिक्रमण गरी बनाएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

प्राधिकरणले बुधबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो।

प्राधिकरणले तोकिएको मितिभित्र नहटाए काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ८ बमोजिम संरचना हटाउँदा वा भत्काउँदा लागेको सम्पूर्ण लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने चेतावनीसमेत दिएको छ।