एजेन्सी : इंग्लिस नकआउटका फुटबल प्रतियोगिता काराबाओ कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।
आइतबार राति भएको फाइनल खेलमा टोटेनहमलाई १-० ले पराजित गर्दै सिटीले उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ८२ औँ मिनेटमा एम्रिक लापोर्टेले गोल गरे गर्दै सिटीलाई उपाधि दिलाए एम्रिक लापोर्टेले केभिन डी ब्रुएनको पासमा गरेको गोलले सिटीलाई बिजयी बनाएको हो ।
उक्त जित सँगै सिटीले आठौं पटक काराबाओ कपको उपाधि जितेको छ । लिभरपुलले पनि ८ पटक काराबाओ कपको उपाधि जितेको थियो ।