एजेन्सी। जारी ईण्डियन प्रिमियर लिग(आईपिएल)मा गय राती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले सुपर ओभरमा जित हातपारेको छ । आइतबार राति भएको खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्यो ।यो जितसँगै दिल्ली प्रतियोगिताको अंक तालिकामा दोस्रो स्थानमा उक्लदा हैदराबाद भने पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
चेन्नाईमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
दिल्लीका लागि पृथ्वी शाले अर्धशतकीय पारि खेल्दै रन आउट भएका थिए । शाले ५३ रन बनाएका थिए ।
यस्तै कप्तान ऋषभ पन्त ३७ रन बनाए भने स्टिभ स्मिथले ३४ रनको नटआउट पारी खले ।
हैदरावादका सिद्धार्थ कलले २ विकेट लिए भने रासिद खानको नाममा एक विकेट रह्यो ।
जवाफमा हैदारावादले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ५८ रन नै बनाएपछि खेल टाइ भएको हो । २८ रनमा पहिलो विकेट गुमाएको हैदरावादले ५६ रनमा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि उसको स्कोर एक सय १७ रन हुँदा ६ विकेट गएको थियो ।
हैदरावादका लागि केन विलियम्सनले उत्कृष्ट ६६ रनको पारी खेले भने जोनी बेयस्ट्रोले ३८ रन बनाए ।
सुपर ओभरमा पहिले ब्याटिङमा गरेको हैदरावादले सात रन बनायो । जसलाई दिल्लीले अन्तिम बलमा पुरा गर्यो ।