काठमाडौं । समयमै काम नगर्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि साढे २ वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ।
यी कम्पनीले कालोसूचीमा रहुन्जेल कुनै पनि सरकारी ठेक्का पट्टाको कामममा भाग लिन पाउने छैन । कालोसूचीमा पर्ने ठेकेदारहरु भारत सप्तकोशी जेभीमा होमनाथ गौतम, हाइवे कन्स्ट्रक्सन प्रालि भक्तपुरका नारायण सुवेदी, विधि विल्डर्स प्रालि काठमाडौका विप्लव पोखरेल, साइबाबा एवं तारा कन्स्ट्रक्सन सेवा कमपनी जाजकोटका सञ्जयाकुमारी राना रहेका छन् ।
यस्तै अनुकुल निर्माण सेवा जुम्लाका तिलबहादुर भण्डारी, पाँचखाल कन्स्ट्रक्सन प्रालि काठमाडौका प्रेम अधिकारी, प्रभु निर्माण सेवा सुर्खेतमा रेशमबहादुर शाह, सिद्धिजनक कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिमा सिद्धिबाबु रेग्मी लगायतका छन् । 