बैशाख १३, २०७८ सोमबार

 

काठमाण्डौ।  भारतमा बढ्दो कोरोना महामारीको प्रत्यक्ष असर जारी १४ औ संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)मा प्रत्यक्ष रुपमा परेको छ। 

जारी आईपिएलमा खेलाडी प्रतियोगिताबाट बाहिरिने क्रम जारी रहेको छ।पारिवारिक कारण देखाउदै लियम लिबिस्टोनबाट आईपिएल बिचमा नै छोड्ने क्रम सुरु भएकोमा दिल्ली क्यापिटल्सका रविचन्द्रन आश्विन र राजस्तान रोयल्सका एन्ड्रु टाय पछिल्लो खेलाडी बनेका छन्। 

गय राती सनराजर्स हैदराबादसॅंगको खेल पश्चात एक ट्विट गर्दै आश्विनले भनेका छन्।यस्तो अवस्थामा परिवारसॅंग नै रहन मैले आईपिएल छोड्ने निर्णय लिएको छु।