एजेन्सी : इटालियन सिरी 'ए' फुटबलमा आज साविक विजेता युभेन्ट्सले क्रोटोनसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली समयअनुसार यो खेल आज राति १:३० बजेबाट युभेन्टसको घरेलु मैदान एलिजा टुरिनमा हुनेछ । घरेलु टोलि युभेन्टस आजको खेलमा सहज जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिने योजनामा रहेको छ ।
युभेन्टस हाल २१ खेलबाट ४२ अंक सहित अंक तालिकाको छौँ स्थानमा रहेको छ । यदि आजको खेलमा जित निकाले युभेन्टस तेस्रो स्थानमा उक्लिनेछ । त्यस्तै आजको खेलमा युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई गोलको खडेरी तोड्ने अवसर रहेको छ । रोनाल्डो पछिल्लो तीन खेलमा गोल विहिन बनेका छन ।