एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्ला रियललाई पाजित गरेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोना २-१ गोल अन्तरले बिजयी भएको हो । पाहुना टोली बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रीजम्यानले गरे । उनले पहिलो हनफको २८ र ३५ औं मिनेटमा गोल गरेका हुन् ।
भिल्लारियलका लागि सामुएल चुक्वाजेले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । भिल्लारियलले अग्रता लिएको दुई मिनेट नबित्दै बार्सिलोनाका लागि ग्रीजम्यानले बराबरी गरेका थिए । बराबरी गरेको ७ मिनेटपछि एक गोल गर्दै २-१ को अग्रता दिलाएका थिए । सोही अग्रताले बार्सिलोना बिजयी भएको हो ।
उक्त जितसँगै बार्सिलोनाले ३२ खेलबाट ७१ अङ्क जोडेको छ । ३३ खेल खेलेको रियल मड्रिडसँग ७१ अङ्क छ । यता ला लिगामा ३२ खेल खेलेको एथ्लेटिको ७३ अङ्कसहित शीर्ष स्थानमा छ । रियल दोस्रो र बार्सिलोना तेस्रो स्थानमा छ ।