मंसिर १५, २०७९ बिहिबार

काठमाडौं । अमेरिकी स्टार किम कार्दसियन र र्‍यापर कान्ये वेस्टबीच सम्बन्धविच्छेद पक्का भएको छ ।

सीएनएनका अनुसार डिभोर्सपछि कायनेले बच्चाको भरणपोषणको लागि मासिक दुई लाख अमेरिकी डलर किमलाई दिनुपर्ने सहमति पनि भएको छ । हलिउडको यो पूर्वजोडीले आफ्ना बालबालिकालाई संयुक्त अभिभावकत्व समेत प्रदान गर्नेछन् । यो जोडीबाट दुई छोरा र दुई छोरी छन् ।


सम्बन्धमा असमझदारी भएपछि यस वर्षको मार्चमा किम र कान्येले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका थिए । यतिबेला किमलाई कानुनी रुपमा अविवाहित घोषणा समेत गरियो ।

सन् २०१४ मा विवाह गरेको जोडीले सन् २०२१ को फेब्रुअरीमा सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएका थिए । सम्बन्धविच्छेदपछि कान्येले अनलाइन र अफलाइनमा अस्वभाविक व्यवहार प्रदर्शन गरेका थिए ।


उनले त्यतिबेला सार्वजनिक रुपमा किमसँग बस्न चाहेको र आफूले परिवार फिर्ता चाहेको समेत उल्लेख गरेका थिए । उनले किमका पूर्वप्रेमी पिट डेभिडसन पनि शाब्दिक हमला गरेका थिए । अगस्टमा किम र पिट अलग भएका थिए ।

कामको कुरा गर्दा पछिल्लोपटक किम हुलुको टीभी सिरिज ‘द कार्दसियन’मा देखिएकी थिइन् । कान्ये चाहिं पछिल्लो समय अभिव्यक्तिले विवादित बनिरहेका छन् भने सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने घोषणा गरिसकेका छन् ।