मंसिर १५, २०७९ बिहिबार

काठमाडौँ: तालाबन्दीको अन्त्य र वृहत राजनीतिक स्वतन्त्रताको आह्वान गर्दै राष्ट्रव्यापी विरोध प्रदर्शन बढेपछि चीनका शीर्ष कोभिड अधिकारीले भाइरसप्रति शून्य–सहिष्णुता नीतिलाई सहज बनाउने संकेत गरेका छन् ।

चीनको शून्य–कोभिड नीति, सामूहिक तालाबन्दी, निरन्तर परीक्षण र संक्रमित नभएका मानिसहरूका लागि पनि क्वारेन्टाइनजस्ता विषयप्रति आक्रोशित सर्वसाधारणहरुले राजधानी बेइजिङ, सांघाई र गुआन्झाउलगायतका प्रमुख शहरहरूमा विरोध प्रदर्शन गरेका छन् ।

प्रर्दशनलाई दमन गर्न अधिकारीहरूले आह्वान गरेका छन । उनीहरुले भाइरसप्रतिको रणनीतिलाई सहज र केही खुकुलो पार्ने संकेत पनि गरेका छन् । बुधबार राष्ट्रिय स्वास्थ्य आयोगमा बोल्दै उपप्रधानमन्त्री सुन चुनलानले ओमिक्रोन भेरियन्ट कमजोर हुँदै गएको र खोपको दरमा सुधार भइरहेको टिप्पणी गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अर्थतन्त्र र दैनिक जीवनमा बाधा पु¥याउने शून्य–कोभिड नीतिबारे भने उनले केही उल्लेख गरिनन् । अधिकारीहरूले बुधवार शहरका ११ जिल्लाहरूमा विभिन्न कोभिड प्रतिबन्धहरूलाई केही सहज बनाएका प्राप्त विवरणहरुमा जनाइएको छ ।