‘औद्योगिक लगानी र पूर्वाधार, समृद्धिको बलियो आधार’ भन्ने मूल नाराका साथ तेह्रथुमको छथर गाउँपालिकामा सुरक्षा गार्ड तालिम सुरू गरिएको छ । युवाहरूलाई सीप र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ तालिम सुरू गरिएको घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका प्रमुख कृष्णप्रसाद पौडेलले बताए ।
छथर गाउँपालिकाको २६ जनाको सहभागिता रहेको तालिम १५ दिन सम्म सञ्चालन हुनेछ । स्थानीयस्तरमा युवाहरूले सुरक्षा गार्डको तालिम प्राप्त गरेसँगै रोजगारीको सिर्जना हुने पौडेलले बताए ।