बैशाख १३, २०७८ सोमबार

 नेकपा एमालेका संस्थापक अध्यक्ष एवम् प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औं स्मृति दिवस मनाइँदै छ ।

उहाँको स्मृतिमा नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष काठमाण्डौमा कार्यक्रम आयोजना गर्ने गरे पनि कोरोना सङ्क्रमणका कारण यसवर्ष औपचारिक कार्यक्रम भने राखिएको छैन् ।

स्मृति दिवसका अवसरमा सन्देश दिँदै उपप्रधानमन्त्री एवम् मनमोहन प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले अधिकारीले स्थापित गर्नुभएका आदर्श, सिद्धान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताउनुभएको छ ।

‘सरल, शालीन र सादगी जीवन नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरू भएको उपप्रधानमन्त्री पोखरेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ । ‘२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको सरकारकै जगमा नेपालमा कम्युनिस्ट पार्टी ९एमाले० र कम्युनिस्ट आन्दोलनले विशाल रुप लिएको थियो ।

पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।