मंसिर १५, २०७९ बिहिबार

काठमाडौँ: पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र सशस्त्र लडाकुबीच भएको गोली हानाहानमा एक सैनिक र एक लडाकुको मृत्यु भएको सेनाले जनाएको छ ।

भिडन्तपछि लडाकु लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मारिएका लडाकु सुरक्षा बलविरुद्धको आतङ्ककारी गतिविधिमा सक्रिय रूपमा संलग्न रहेको जनाइएको छ ।