काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
शुक्रबार राति भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली हुनेछ । साथै बाँकी भूभागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।