मंसिर १६, २०७९ शुक्रबार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा बिहीबार रातिदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

ग्रेडरले च्यापिएर स्थानीय पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ पढ्ने विद्यार्थी चेतना साउँदको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रण गर्न बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका कर्फ्यू लगाइएको हो ।