बैशाख १३, २०७८ सोमबार

काठमाडौं : पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा ललितपुर सिटी एफसी चितवन एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

आज साँझ दशरथ रंगशाला भएको खेलमा पहिलो हाफ गोलरहित बरारीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ४९ औं मिनेटमा कमल श्रेष्ठले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका हुन् ।

तर उक्त अग्रता भने जोगाउन सकेन चितवनका लागि अमित श्रेष्ठले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा फर्काए । खेलको ९०औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै चितवनलाई हारबाट जोगाए । अमित तामाङको प्रहारलाई पेनाल्टी बक्समा विनोद गुरुङले ह्यान्ड गरेपछि चितवनले पेनाल्टी पाएको थियो । जसलाई अमितले चुकाएन् ।

उक्त बराबरी सँगै ललितपुरले २ खेलबाट १ अंक जोडेको छ । यता चितवनले १ अंक जोडेको छ । लिगमा भोलि मंगलबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुनेछ ।