मंसिर १६, २०७९ शुक्रबार

काठमाडौं: स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड २०२२ प्रदान गरिएको छ।  बिहीबारदेखि इन्डोनेशियाको बालीमा सुरु भएको सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्ध एशिया प्रशान्त क्षेत्रका नगरहरुको दवाब समूह (एपीक्याट)को सातौँ शिखर सम्मेलनमा मञ्चलाई अन्ततर्राष्ट्रिय स्तरको अवार्ड प्रदान गरिएको हो। 

नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी अभियानमा मञ्चले योगदान गरेको भन्दै अमेरिकाको ब्लुम्वर्ग फिल्यान्थ्रोपिक र इन्डोनेशियाको बोगर सिटीका मेयर विमा आर्याले मञ्चका अध्यक्ष रामप्रसाद न्यौैपानेलाई सो अवार्ड हस्तान्तरण गरे। 

bbbbb1669900241.jpg

वउनमञ्चसहित सम्मेलनमा आठ वटा सरकारी तथा गैरसरकारी  निकायलाई पनि उक्त अवार्ड प्रदान गरिएको छ। अवार्ड पाउनेमा बाली प्रोभिन्स इन्डोनेशिया, डिली नगर पालिका टिमोरलिस्टे, ताङगाईल नगरपालिका, बंगलादेश, कम्बोडियाको स्वास्थ्य मन्त्रालय, टोबाको, सिटी द फिलिपिन्स, पूर्वरेजो रेजेन्सी इन्डोनेशिया, पालेब्याङसिटी इन्डोनेशिया रहेका छन्।

यस्तै न्युमान सौरिक्ता रिजेन्ट अफ क्लुङकुङ डिस्टीकका न्युमान स्वरित्तालाई वल्र्ड नोट टोबाको डे २०२२ अवार्डद्धारा सम्मान गरिएको छ। 

बिहीबारदेखि नै सुरु भएको सम्मेलन तीन दिन चल्ने छ। सम्मेलनमा १२ देशका ८२ वटा सहरका मेयर तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ।