एजेन्सी : इटालियन सिरी ए फुटबलमा एसी मिलान लाजियोसँग पराजित भएको छ ।
सोमबार राति भएको खेलमा घरेलु टोली लाजियोले पाहुना टोली एसी मिलानमाथि ३-० गोलको शानदार जित निकालेको हो ।
घरेलु टोलि लाजियोको जितमा कार्लोस कोरीइले २ गोल गर्दा इमोबाइले १ गोल गरे । खेल सुरु भएको पहिलो मिनेटमै कार्लोसले गोल गरि घरेलु टोलीलाई पहिलो हाफ भरि १-० गोलको अग्रता दिलाए ।
त्यस्तै दोस्रो हाफको ५०औं मिनेटमा पुनः कार्लोसले गोल गरि लाजियोलाई २-० गोलको अग्रता दिलाए । खेलको ८६औं मिनेटमा इमोबाइले गोल गरि लाजियोलाई ३-० गोलको फराकिलो जित दिलाए ।
उक्त सँगै लाजियोले ३२ खेलबाट ६१ अंक बनाउँदै छैटौं स्थानमा रहेको छ । यता पराजित मिलानको भने ३३ खेलबाट ६६ अंक रहेको छ ।