एजेन्सी। भारतमा जारी १४ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)मा कलकत्ता नाईटराईडर्स(केकेआर)ले दोस्रो जित हात पारेको छ। प्रतियोगितामा दोस्रो जित हात पार्ने क्रममा उसले गय राती सम्पन्न खेलमा पन्जाव किंग्सलाई ५ विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १२३ मात्र बनाउन सक्यो पन्जावका लागि मंयक अग्रवालले ३४ बलमा ३१ तथा क्रिस जोर्डनले १८ बलमा ३० रनको योगदान गर्नु बाहेक अन्यले उल्लेखनिय खेल देखाउन सकेनन्। केकेआरका लागि प्रसिद्ध कृष्णाले ३ तथा प्याट कमिंस र सुनिल नारेनले समान २/२ विकेट हात पारे।
१२४ रनको सामान्य लक्ष्य केकेआरले १६.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।उसका लागि कप्तान ईयोन मोर्गानले नटआउट रुपमा ४७ तथा राहुल त्रिपाठीले ४१ रनको ईनिङ खेले ।पन्जावका लागि मोहम्मद सामी,क्रिस जोर्डन,अर्सदिप सिंह तथा दिपक हुड्डाले समान १/१ विकेट लिए।
यो खेल पश्चात केकेआर पाचौं र पन्जाव छैठौं स्थानमा रहेका छन्।