मंसिर १७, २०७९ शनिबार

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरू एक हुने समय आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरू एक हुने बेला आएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘कथाले माग्यो, अब स्वतन्त्रहरू एक बन्ने बेला आएको छ । स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ । यो बेला अरूले साथ देऊन् नदेऊन् तर मेरो साथ रहनेछ ।’