बैशाख १४, २०७८ मंगलबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले क्रिस्टल प्यालेसमाथि पुनरागमन जित निकालेको छ ।

सोमबार राति भएको खेलमा घरेलु टोली लेष्टरले पाहुना टोली क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको को हो ।

जारी खेलको १२ औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै पाहुना टोली क्रिस्टललाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा भने लेष्टरले पुनरागमन गर्यो ।

लेष्टरले दोस्रो हाफको खेलको ५० औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै १-१ गोलको बराबरी अबस्थामा ल्याए । त्यसपछि खेलको ८० औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेष्टरलाई २-१ को जित दिलाए ।

उक्त जितसँगै लेष्टरले ३३ खेलमा ६२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यता पराजित क्रिस्टल ३८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।