मंसिर १७, २०७९ शनिबार

काठमाडौं । सिन्धुली १ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता श्याम घिमिरेले गठबन्धन सरकारको प्रधानमन्त्रीमा शेरबहादुर देउवाको विकल्प नभएको बताएका छन् ।

‘गठबन्धनको सरकार बन्ने निश्चितप्रायः छ । गठबन्धनभित्र सिट संख्याका हिसाबले कांग्रेसको नेतृत्वमा सरकार बन्दा प्राकृतिक बन्छ । कांग्रेसमा पनि शेरबहादुर देउवाबाहेक विगतमा पटकपटक त्रिशंकु सरकार चलाएको अनुभव र सामर्थ्य अरुमा देखिँदैन । यो वस्तुगत आवश्यकता हो । अरुलाई प्रधानमन्त्री बनाइयो भने यो गठबन्धन सुरुमै भत्किन सक्छ । एक खालको स्थायित्व भएपछि अरुलाई पनि दिन सकिएला । तर अहिले शेरबहादुर देउवाको विकल्प छैन,’ घिमिरेले भने ।