मंसिर १७, २०७९ शनिबार

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन लालबन्दीको पत्थरकोटामा रहेकै समयमा उनको निधन भएको हो। राति होलिडे रिसोर्टमा खाना खाएर सुतेका भट्टराईलाई आज बिहान मात्रै उनको खोजी गर्दा मृत्यु भएको बुझ्नमा आएको थियो। बिहान साधारणसभा सुरु हुनै लाग्दा उनको खोजी भएको थियो।

हातमा औषधि समेत रहेको र औषधिहरू समेत कोठामा छरिएको अवस्थामा त्यहाँ फेला परेको छ। कोठामा वान्ता भएको समेत पाइएको छ। भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय उपभापति समेत हुन्।