मंसिर १७, २०७९ शनिबार

नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले काठमाडौं ७ मा आफ्नो पराजयबाट राजनीतिक शिक्षा लिएको बताएकी छिन् ।
‘काठमाडौं ७ मा चुनाव लड्नका लागि मैले गठबन्धनमा नहुँदादेखि नै लामो तयारी गरेकी थिएँ । हँसिया हथौडा ठूलो चुनौती हो भन्ने पनि मलाई पहिले नै थाहा थियो । तर राजनीतिक आधार जतिसुकै कमजोर भए पनि आशाको किरण राख्नुपर्छ भनेर म लागिरहेकी थिएँ । मैले हारे पनि मेरो चुनाव चिह्नको भन्दा ६ गुना बढी मत पाएकी छु । गठबन्धनबाहेकको स्वतःस्फूर्त मत पनि पाएँ । यो सम्मानजनक मत हो । अझ मिहिनेत गर, प्रतिपक्षमा बसेर निगरानी गर भन्ने मत हो । पराजयबाट धेरै शिक्षा लिएकी छु,’ मानुषीले भनिन् ।

निर्वाचनमा जनताले घण्टीमार्फत दल र गठबन्धनप्रति राजनीतिक आक्रोश पोखेको पनि उनले बताइन् । स्वतन्त्र पार्टीहरुको उदय तात्कालिक प्रतिक्रियामात्र भएको उनको टिप्पणी छ ।

मानुषीले प्रचण्ड वा शेरबहादुर देउवा प्रधानमन्त्री भएर मुलुकले निकास नपाउने पनि औंल्याइन् ।