मंसिर १७, २०७९ शनिबार

काठमाडौँ । स्याङ्जा २ मा नेपाली कांग्रेसका धनराज गुरुङ निरन्तर अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार गुरुङको अग्रता ६ हजार १९१ मतले अग्रता लिएका छन् ।

स्याङ्जा २ (ख) चापाकोटको मत गणना जारी छ । अहिलेसम्म चापाकोटका वडा नम्बर १,२,३ र ४ को मतगणना सकिएको छ । अब वडा नम्बर ५ को गणना जारी छ ।

पछिल्लो परिणाम अनुसार कांग्रेसका गुरुङको २८ हजार ३७ मत ल्याएका छन् । त्यस्तै दोस्रो स्थानकी नेकपा एमालेकी नेतृ पद्मा अर्यालले २१ हजार ८४६ मत ल्याएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६६३ मत ल्याएका छन् ।