एजेन्सी : पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले क्रोटोनमाथि ३-० गोलको सहज जित निकालेको छ ।
मंगलबार बिहान सम्पन्न खेलमा युभेन्टसले पाहुना टोली क्रोटोनमाथि ३-० गोलको जित निकालेको हो ।
घरेलु टोली युभेन्टसको जितमा रोनाल्डोले दुई तथा म्याकेनीले एक गोल गरे । रोनाल्डोले खेलको ३७औं र पहिलो हाफको अतिरिक्त समयमा गोल गरि युभेन्टसलाई पहिलो हाफमै २-० गोलको आरामदायी अग्रता दिलाएका थिए । रोनाल्डो पछिल्लो तीन खेलमा गोल विहिन बनेका छन । जसमा आज बिहान सम्पन्न खेलको २ गोल गर्दै आफू पुनः लयमा फर्किएको संकेत गरेका छन ।
त्यस्तै दोस्रो हाफको ६५औं मिनेटमा युभेन्टसका लागि वेस्टन म्याकेनीले गोल गरि ३-० गोलको जित दिलाए ।
उक्त जितसँगै युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले कुल २२ खेलबाट ४५ अंक बनाएको छ । युभेन्टस अझै पनि शिर्ष स्थानको इन्टर मिलान भन्दा ८ अंकले पछि छ । यधपी मिलानले एक खेल बढि खेलेको छ । यता पराजित क्रोटोनको भने २३ खेलबाट १२ अंकसहित पुछारमा रहेको छ ।