काठमाडौँको इन्द्रचोकमा आज बिहान साढे ११ बजे चिनियाँ नागरिकहरूबीच ग्याङ्ग फाइट भएको छ । एकापसमा विवाद बढ्दै गएपछि ३७ वर्षीय फङ्ग चङ्गयुनले धारिलो वस्तु प्रहार गरी आफ्ना दुई साथीलाई घाइते बनाएका हुन् ।
घाइते लि चुवान र गान साउसिङ्ग (२९ वर्ष) लाई तत्काल उपचारका लागि वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । पेटमा गहिरो चोट लागेका लि चुवान (३२ वर्ष) बोल्न सकिरहेका छैनन् । गान साउसिङ्गको पेट, छाती र टाउकोको बायाँ भागमा चोट लागेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने फङ्ग चङ्गयुनलाई हतियारसहित जनसेवा प्रहरी कार्यालय न्यूरोडले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।