बैशाख १४, २०७८ मंगलबार

 

एजेन्सी।  भारतमा जारी ईण्डियन प्रिमियर लिग(आईपिएल)मा आज एक खेल हुदै छ। समान ८/८ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका टोलीहरु दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोर बिच नेपाली समयानुसार साझ ७:४५ मा खेल सुरु हुनेछ। 

अहमदाबादमा हुने सो खेलको बिजेता शिर्ष स्थानमा पुग्ने हुदा यो खेल महत्वपुर्ण मानिएको छ।गत संस्करणको उपबिजेता टोली दिल्ली तथा यस संस्करणमा उत्कृष्ट लयमा रहेको बेंग्लोर बिचको आजको खेललाई तिव्र प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ। 

दिल्ली स्पिनर रविचन्द्रन आश्विनले यस संस्करणको आईपिएल बिचमा नै छोडेकाले दिल्ली केहि कमजोर देखिए तापनि अन्य राम्रा बलर दिल्लीमा रहेकाले उनीहरुले आश्विनको अभाव हटाउने नै छन्। बेंग्लोरका तिव्र गतिका बलर केन रिचर्डसन तथा लेग स्पिनर एडम जाम्पा पनि स्वदेश फर्किसकेका छन्।