मंसिर १९, २०७९ सोमबार

सोमबार बिहानै सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटी सवार गाडी विद्यालयको गाडीसँग ठोक्किएको छ। उनी सवार से १ झ २७६ नम्बरको सरकारी गाडी सैनिक आवासीय महाविद्यालयको विद्यार्थी बोकेको बससँग ठोक्किएको हो।

सचिव बोगटी कार्यालय समय अगाडि नै सरकारी गाडीमा ब्याडमिन्टन खेल्न गइरहेका बताइएको छ। धनगढी उपमहानगरपालिका ५ हसनपुरमा उनी सवार गाडी विद्यालयको गाडीसँग ठोक्किएको हो। बोगटीले ओभरटेक गर्ने क्रममा स्कारपियो महाविद्यालयको बससँग ठोक्किएको र दुवैको अगाडिको भागमा समान्य क्षति पुगेको छ।