मंसिर १९, २०७९ सोमबार

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको बजेट कटौती गरिने सम्भावनाका कारण युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकिन सक्ने पोलिटिको पत्रिकाले खबर दिएको छ । 

पेन्टागनका आन्तरिक दस्तावेज तथा घटनाका बारेमा जानकार अधिकारीहरूलाई उद्धृत गर्दै पोलिटिकोले खबर दिएको हो ।

अमेरिकी संसद् कंग्रेसले डिसेम्बर १६ सम्ममा कन्टिन्युइङ रिजोल्युसन नामक रक्षा विधेयक पारित गर्नुपर्नेछ । उक्त विधेयकले पेन्टागनको बजेट २९ अर्ब अर्थात् ३।७ प्रतिशच कटौती गर्नेछ । 

यसको अर्थ हुन्छ, पेन्टागनले रुसविरुद्ध युक्रेनको द्वन्द्वमा युक्रेनलाई दिँदै आएको सहयोग कटौती गर्नुपर्ने हुन्छ । 

पेन्टागनका प्रमुख आर्थिक अधिकारी माइकल मककोर्डले युक्रेनलाई नयाँ हतियार पठाउन समस्या रहेको बताए । आगामी वसन्त ऋतु आउँदासम्म युक्रेनलाई दिनुपर्ने रकम सकिने उनको भनाइ छ । 

युक्रेन अहिले अमेरिकी सहायताको बलमा मात्र युद्धमा टिकिरहेको हो । अमेरिकाले सहयोग रोक्नेबित्तिकै उससँग आत्मसमर्पणको विकल्प रहँदैन । 

पेन्टागनको खर्चकटौतीले विभिन्न हतियार प्रणालीको स्तरोन्नतिमा पनि ढिलाइ हुने बताइएको छ । अमेरिकाले युक्रेनी फौजहरूलाई उपलब्ध गराइरहेको एम७७७ हावित्जरमा समस्या आउने भएको हो ।