मंसिर १९, २०७९ सोमबार

सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै आइतबार राति ९ः५० को समयमा हेटौँडा उपमहानगरपालिका वडा नं २ स्थित पल्पसा सदनमा समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि हातपात भएको छ ।


महासचिव भूपराज खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ आफूलाई नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिब २०–२२ जनाको जत्थाले गए राति उनीमाथि आक्रमण गरेको हो । पत्रकार एलनको उद्धार गर्न पुगेका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गरेको छ ।