फागुन ११, २०७७ मंगलबार

एजेन्सी

एजेन्सी : स्पेनिस ला लिगा फुटबल सेभिल्ला विजयी भएको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा सेभिल्लाले घरेलु टोली ओसासुनामाथि २-० गोलको सहज जित निकालेको हो । 

सेभिल्लाको जितमा डिएगो कार्लोस र लुक डी योङले समान एक–एक गोल गरे ।

पहिलो हाफको खेलको १९औँ मिनेटमा कार्लोसले गोल गर्दै पाहुना टोलीलाई सेभिल्लालाई सुरुवाती अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको खेलको ४९औँ मिनेटमा डी योङले गोल गरेपछि सेभिल्ला २–० गोलको जित दिलाए ।

यस जितसँगै सेभिल्लाले अङ्कतालिकामा बार्सिलोनालाई उछिन्यो । कुल २३ खेलमा ४८ अङ्क जोडेको सेभिल्ला बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ ।

समान खेल खेलेको बार्सिलोना ४७ अङ्कका साथ चौथो स्थानमा झरेको छ । यता पराजित ओसासुना भने २५ अङ्कका साथ १३औँ स्थानमा छ ।