मंसिर १९, २०७९ सोमबार

काठमाडौं । नाइजेरियाको एउटा मस्जिदमा बन्दुकधारी समहूले आक्रमण गरी १३ जना मुस्लिम उपासकहरूलाई अपहरण गरेको छ ।

नाइजेरियाको कट्सिना राज्यको मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमणम गरी १९ जनाको अपहरण गरेकोमा ६ जनालाई भने अपहरण मुक्त गरिएको हो । सोही घटनामा २ जना घाइते भएका छन् । उत्तरपश्चिम र मध्य नाइजेरियामा डाकुहरू भनेर चिनिने आपराधिक गिरोहले आक्रमण गरेको खुलासा भएको छ ।