नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको हिजो मंसिर १८ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ वर्षको लाभांश इतिहास यस प्रकारको छ स:
१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बोनस वितरण गरेको थियो । यो वर्ष कम्पनीले नगद दिएको थिएन ।
२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/७९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ११.५ प्रतिशत बोनस वितरण गरेको थियो । यो वर्ष पनि कम्पनीले नगद दिएको थिएन ।
३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२.७१ प्रतिशत बोनस र ०.६७ प्रतिशत नगद गरि कूल १३.३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद गरि कूल १५.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।
६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ०.५२ प्रतिशत नगद गरि कूल १०.५२ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।
७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरि कूल १२.६३ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।
८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ८.१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो वर्ष कम्पनीले बोनस दिएको थिएन ।
९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५.५ प्रतिशत बोनस र ०.८२ प्रतिशत नगद गरि कूल १६.३२ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।
१०. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सूचना हेर्नुहोस् :
