मंसिर १९, २०७९ सोमबार

वैज्ञानिकले हालै एक नयाँ एक्सोप्लानेटबारे पत्ता लगाएका छन् । तर जबदेखि खगोलविद्ले यस ग्रहको आकार र प्रकारबारे जानकारी पाएका छन्, उनीहरु हैरान भएका छन् । यो एक नयाँ ग्रह हो जसको आकारण वृहस्पति जत्तिकै ठूलो छ । यसको मापनपछि वैज्ञानिकहरुले थाहा पाएका छन् कि ग्यास ग्रह निर्माणसँग सम्बन्धित दुई मोडलमध्ये कसैसँग पनि यो ग्रहको गुण मेल खाँदैन । अर्थात्, यो ग्रह आफ्नो उमेरको हिसाबले निकै भारी छ र यसको निर्माण कसरी भयो यो अझै पनि एक पहेली हो ।


जर्मनमा म्याक्स प्लेङ्क इन्स्टिच्युट फर एस्ट्रोनोमीको एस्ट्रोफिजिसिस्ट ओल्गा जखोजायका अनुसार हालको मोडलसँग तुलना गर्ने हो भने ग्यास जायन्टको उमेर पनि मात्र १.५ करोड वर्ष मात्रै छ, जुन युवा ग्रह भएको नाताले दुईदेखि तीन गुणा बढी घना छ ।


एस्ट्रोनोमी एन्ड एस्ट्रोफिडिक्स जर्नलमा प्रकाशित शोधका अनुसार करिब ३०० प्रकाश वर्ष टाण छ । यो हालसम्म पत्ता लागेको सबैभन्दा कम उमेरको एक्सोप्लानेट्समध्ये एक हो । यसको गुणलाई बुझेपछि ग्रह कसरी बन्छन् भन्नेकुरा बुझिन्छ । यो त्यो प्रक्रिया हो जसलाई अहिलेसम्म पूर्ण रुपमा बुझिएको छैन ।