काठमाडौं : पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसीले पहिलो जित निकालेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो ।
१० खेलाडीमा सिमित धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल गरे ।भने टंक बस्नेतले एक गोल गरे । काठमाडौंमाथि फराकिलो जित निकाल्ने क्रममा धनगढीले पहिलो हाफमै ३ गोल गरेको थियो । उक्त जितसँगै धनगढीले ३ अंक बटुलेको छ ।